• २०८१ बैशाख १३ बिहीबार

बंगलादेशमा दुई ट्रेन एक आपसमा ठोक्किए, १५ जनाको मृत्यु

kharibot

ढाका । बंगलादेशको ब्रह्माणबाडिया जिल्लामा दुई ट्रेन एक आपसमा ठोक्किदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । घटनामा घाइतेको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या अझ बढ्न सक्ने मिडिया रिपोर्टमा जनाइएको छ । 

 बंगलादेशको टेलिभिजनले घटना गएराती स्थानीय समय अनुसार राति २ बजेर १५ मिनेटमा चट्गाव जाने उदय एक्सप्रेस र चट्गावबाट ढाका जाने टुर्ना निशिता एक आपसमा ठोकिएका थिए ।

घाइते मध्ये २८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै