• २०८१ बैशाख ७ शुक्रबार

अस्पताल भवन शिलान्यास

kharibot

बनेपा । प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ शैंयाको  अस्पताल निर्माण गरिने भएको छ।

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ। 

अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले रकमकै कारणले भवन बनाउन ढिला नहुने बताए। उनले स्थानीय सरकारले दिएको प्रतिवेदनका आधारमा शुरु गरिएको यो काम हामीले नै सम्पन्न गर्नुपर्नेमा जोड दिए। 

प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्रका जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारको पहलमा अस्पताल बनाउन लागिएको बताए।

६ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको काम अगाडि बढाइसकिएको र चिकित्सकको समेत नियुक्ति भइसकेको गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले बताए।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै