देशभर चिसो बढ्यो

खरीबोट

फाइल तस्विर

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ।उपत्यकासहित देशभर चिसो बढेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस थियो। 

मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ। चिसो निरन्तर बढ्दो क्रममा रहेको छ।

यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको। 

“सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् श्रेष्ठले भने। 

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।  
 

सम्बन्धित समाचार

देशभर चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ।उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री

काठमाठौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस

उपत्यकासहित विभिन्न ठाउमा वर्षा, चिसो बढ्यो 

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९


z