• २०८१ बैशाख ४ मंगलबार

टिकेन नेप्सेको उच्च बृद्धिदर 

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ।

नेप्से आज पाँच दसमलव ६१ अंकले घटेर ११ सय ३९ दसमलव ९६ बिन्दुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ७३ अंकले घटेर दुई सय ५१ दसमलव ५७ बिन्दुमा झरेको छ।

एक सय ६१ कम्पनीहरुको पाँच हजार ३२ वटा कारोवारमा १० लाख ८२ हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ९८ लाख ४९ हजार चार सय ३५ रुपैयाँ पुगेको छ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक झण्डै १० अंकले बढेपनि बाँकी समुहको सुचक घटेका छन्। सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ३१ अंकले घटेर एक हजार ४५ दसमलव ९१ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक १३ दसमलव १८ अंकले घटेर १५ सय ४८ दसमलव ५३ बिन्दुमा झरेको छ।

जलबिद्युत समुहको सुचक पनि छ दसमलव ९२ अंकले घटेर नौ सय ४८ दसमलव ४३ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक ५५ दसमलव ८९ अंकले घटेर चार हजार एक सय ५५ दसमलव २३ बिन्दुमा झरेको छ।

जीवन बीमा, होटल, फाईनान्स, लघुबित्त अन्य, र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ५४ पैसाले बढेर १८ सय ३९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ८४ पैसाले घटेर ५६ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता १८ सय ३९ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ९७ लाख ४० हजार तीन सय ५८ रुपैयाँको कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै