लुलाङमा एक सुत्केरीको मृत्यु

खरीबोट

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए। विकले जन्माएको छोराको अवस्था भने सामान्य रहेको छ।

प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो। विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएकी थिइन्।

आज बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए। हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए।

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए।

पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताए।

सम्बन्धित समाचार

उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु

गाईघाट । जिल्ला अस्पताल उदयपुरमा आज उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न

बाजुरामा सुत्केरीको मृत्यु

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा

लुलाङमा एक सुत्केरीको मृत्यु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए। विकले जन्माएको छोराको अवस्था भने सामान्य रहेको छ। प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो।

मृतक बच्चा निकाल्न शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा


z