• २०८१ बैशाख १४ शुक्रबार

लुलाङमा एक सुत्केरीको मृत्यु

kharibot

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए। विकले जन्माएको छोराको अवस्था भने सामान्य रहेको छ।

प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो। विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएकी थिइन्।

आज बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए। हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए।

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए।

पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै