लिपुलेक कालापानी नेपालको होः सभापति देउवा

खरीबोट

तस्विर : श्रीराम अर्जुन

हेटौंडा । नेपाली कांगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सिमाना लिपुलेक र कालापानी नेपालको हो भनि बताएका छन्।

प्रदेश ३ को राजधानी हेटौंडामा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश ३ स्तरिय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले कालापानी हाम्रो हो राजा महेन्द्रले भारतलाई दिइएको भन्ने छ त्यो मलाई थाहा छैन तर लिपुलेक र कालापानी नेपालकै हो भनि बताएका छन्। 

लिपुलेक नेपालको हो भनेर आफु विगतका दिनहरुमा भारतमै गएर पनि भनेको कुरा उनले वताए।

देउवाले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले किन खुलेर बोल्न सक्दैन लिपुलेक र कालापानी हाम्रो हो भनेर भन्दै आरोप लगाए। त्यसका साथै उनले यो सरकारले लोकतन्त्रलाई लत्याएर अधिनायकवाद लादेको बताए। 

उनले मित्र दुबै राष्ट्र जुन सुकै होस ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता रहेको बताएका छन्। ऋण लिएपछि व्याजका कुरा आउने र आर्थिक भार बढ्दै जानुपर्ने भएकाले रेलको कुरा राम्रो नभएको बताए।

दुई तिहाईको दम्भ बोकेको यो सरकारले पहिला सबै गाउँघरमा बाटो पुराउन सकेको छैन रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप समेत लगाएका छन्। 

प्रशिक्षण पश्चात सबै कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरि अघि बढ्नुपर्नेमा जोड दिदैं सभापति देउवाले नेपाल धेरै अपठ्यारोमा रहेको छ सिमाना होस् या राजनिति अब सबै मिलेर देशलाई बचाउन तर्फ लाग्नुपर्ने बताए। 

दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा छ जिल्लाका २ सय ९० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ।
 

सम्बन्धित समाचार

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

काठमाडौँ । भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् ।  नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक

कूटनीतिक र राजनीतक पहलबाट सीमा विवाद समाधान गरिने : प्रेस सल्लाहकार थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल

दलित पत्रकार सङ्घद्वारा सीमाक्षेत्रमा भएको भारतीय हस्तक्षेपप्रति भत्सर्ना

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले कालापानी र लिपुलेक लगायतका नेपाली सीमाक्षेत्रमा भएको भारतीय हस्तक्षेपप्रति भत्सर्नागरेको छ। सङ्घको आइतबार सम्पन्न प्रदेश–३ को भेलाले अविलम्ब नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्नुपर्ने

सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ : नेता बोहरा

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए। भारतले


z