• २०८१ बैशाख ४ मंगलबार

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागु

kharibot

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागु भएको छ । हालै सम्पन्न विधान सभा चुनावमा कुनै एक दलको बहुमत नआएपछि सरकार बन्न नसक्दा राज्यपालको सिफारिशमा केन्द्रीय क्याबिनेटको मन्जुरीपछि राष्ट्रपतिले राष्ट्रपति शासन लगाउने घोषणा गरेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) र महाराष्ट्रको शिव सेना मिलेर चुनाव लडेको भएपनि सरकार बनाउदा पुर्व शर्त बमोजिम नभएको भन्दै शिव सेनाले विजेपीको नेतृत्वमा सरकार बनाउन अश्विकार गरेको थियो ।

२८८ सदस्यीय महाराष्ट्र विधान सभामा बिजेपीले केवल १०५ सिट जितेको थियो । राज्यपालले दोस्रो ठुलो दल शिव सेनालाई सरकार बनाउन २४ घण्टाको समय दिएको भएपनि २४ घण्टामा शिव सेनाले तेस्रो र चौथो दल एनसिपी र भारतीय काँग्रेससँग मिलेर सरकार बनाउने प्रयास असफल भएको थियो ।

शिव सेनाले राज्यपालले सरकार बनाउने समय कम दिएको भन्दै राज्यपालको राष्ट्रपति शासन लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रीट दायर गरेको छ । विधान सभामा शिव सेनाले ५६, एनसीपीले ५४ र काँग्रेसले ४४ सिटमा जित हासिल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै