छोराको कुटाइबाट बाबुको मृत्यु

खरीबोट

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । 

गएराति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उनको मृत्यु भएको थियो । 

शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताए । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।   
 

सम्बन्धित समाचार

चितवनमा भएको अटो दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ भने एक गम्भीर घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा

दिल्लीमा भिषण आगलागी, ४३ जनाको मृत्यु 

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसीमा रहेको खाद्यान्नको मण्डीको एक उद्योगमा आगलागी हुदा ४३ जनाको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी एएनआईले प्रहरीलाई उदृत गर्दै आगलागीमा परेर

चितवनमा अटो पल्टिँदा पाँच जनाको मृत्यु

चितवन । राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट

वडा सदस्यको मृत्यु

तुलसीपुर । दाङका एक वडा सदस्यको मृत्यु भएको छ ।  शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको  लामो समयदेखि खुट्टाको बिरामी भएर आज बिहान ८१ वर्षका उमेरमा


z