फिल्म सुर्यबंशीको सेटमा किन लडे अक्षयकुमार र रोहित शेट्टी ?

खरीबोट

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् ।

मंगलबार अक्षय र निर्देशक रोहित लडेको एक भिडियो अक्षयकुमार आफैले सार्वजनिक गरेका छन् । जुन सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

भिडियोमा दुवै जना एक अर्काविरुद्ध जाई लागेका छन् र उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ । खासमा यस्तो भिडियो जारी गर्नुमा मिडियामा निर्देशक रोहित र अभिनेता अक्षयकुमारबीच फिल्मको स्क्रिप्टको विषयमा झगडा भएको भन्ने रिपोर्ट आएपछि सो रिपोर्टलाई काउन्टर दिन दुवैले आफुहरु लडेको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेका हुन् ।

भिडियो बनाउन अभिनेत्री कट्रिना कैफले समेत साथ दिएकी छन् । कट्रिनाले मिडिया रिपोर्टको क्लिप देखाउना साथ अक्षय र रोहित एक आर्कामाथि जाइलागेको र उनीहरुको बचाउमा प्रहरीसहित अन्य मानिसहरु आएको देखाइएको छ ।

अक्षयले सो भिडियो सार्वजनिक गर्दै 'ब्रेकिङ न्युज- एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ' भन्दै सो भिडियो पोस्ट गरेका छन् ।

विषय जे भएपनि फिल्म निर्माणकै क्रममा फिल्मले भने राम्रो पब्लिसिटी पाएको छ ।

फिल्मलाई करण जोहर र रोहित शेट्टीले निर्माण गरेका हुन् । फिल्म आगामी मार्च २७ मा रिलिज हुदै छ । फिल्मको एक सिनमा अजय देवगन र रणवीर सिंह समेत देखिदै छन् ।   

  

सम्बन्धित समाचार

अक्षयकुमार भन्छन्,'भारतीय पासपोर्ट बनाउदै छु'

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय

सलमान र सनी इन्टरनेटमा धेरै खोजिने सेलिब्रेटी !

मुम्बई । बलिवुड सुपरस्टार सलमान खान र सनी लियोनी भारतमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी बनेका छन् । याहु इंडियाले जारी गरेको सुचीमा सलमान र सनी सबै भन्दा अगाडी रहेका

रजनीकान्तले फ्यानको खुट्टा ढोगेको तस्बीर भाइरल

काठमाडौँ । तेलुगू फिल्म उद्योगका महानायक रजनीकान्तले फरक क्षमता भएको आफ्ना एक फ्यानको खुट्टा छोएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । प्रणवको दुवै हात छैन तर उनि आफ्नो खुट्टाको

किन रोइन् आलिया ?

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट एक टेलिभिजन कार्यक्रममा सार्वजनिक कार्यक्रममा रोएको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । वि द विमन इभेन्टमा आफ्नी दिदी शाहीन भट्टसँग


z