श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

खरीबोट

काठमाडौँ । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । 

नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताए । 

नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध भएको भन्दै राजदूत गाउदले पछिल्लो समय बहराइनमा नेपाली श्रमिकको माग उच्च रहेको बताए । बहराइन सरकारले थप नेपाली श्रमिकलाई रोजगारीको अवसर दिन चाहेको उहाँले बताए । 

भेटमा मन्त्री विष्टले बहराइनमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र कल्याणमा दुवै देशले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली श्रमिकका समस्या समाधान गर्न बहराइन सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए । 

बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले श्रम, आप्रवासनको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरी द्विपक्षीय श्रम सम्बन्धलाई सुदृढ बनाउन आग्रह गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । 
 

सम्बन्धित समाचार

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

काठमाडौँ । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ ।  नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

नेपाली श्रमिकको हकहित सुनिश्चित हुने गरी श्रम सम्झौता गरिने : मन्त्री विष्ट

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको छ । श्रममन्त्रीका रुपमा

नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जनका लागि छलफल

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि

नेपाल र मलेसियाबीच श्रम सम्झौता : छ महीनादेखि रोकिएको रोजगारी खुल्यो

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा


z