स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै

खरीबोट

काठमाडौँ । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना भइसकेको छ ।

स्थानीय तहका वडाध्यक्ष पदको उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ ।

अध्यक्ष-उपाध्यक्ष-प्रमुख-उपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ । 

कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । 

स्थानीय तहको अध्यक्ष-उपाध्यक्ष-प्रमुख-उपप्रमुखका लागि रु एक हजार पाँच सय र वडाध्यक्षका लागि रु एक हजार धरौटी तोकिएको छ ।

उपमहानगरपालिकाको प्रमुखका लागि रु पाँच लाख ५० हजार, वडाध्यक्षका लागि रु दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि रु दुई लाख, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि रु तीन लाख ५० हजार र वडाध्यक्षका लागि रु एक लाख ५० हजार प्रचारप्रसारको खर्चसीमा निर्धारण गरिएको छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।

स्थानीय तहको एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार

राष्टपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन

लालकिल्ला तोड्ने तिलक

काठमाडौँ । गत शनिबार भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २७ सय ९५ मत

उपनिर्वाचनमा हारपछि साझाले 'भुइँयात्रा' अभियान चलाउने

काठमाडौँ । उपनिर्वाचनमा लज्जास्पद हारपछि साझा पार्टीले 'साझा भुइँयात्रा' अभियान चलाउने भएको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको नतिजालाई आफ्ना कमी-कमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै


z