त्रिविको ४५ औँ दीक्षान्तमा १० हजार विद्यार्थीको आवेदन

खरीबोट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ।

त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो।

यस वर्ष हुने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १ सय ७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

गत वर्ष नौ हजार ५ सय ४ विद्यार्थी दीक्षित भएका थिए। “अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको छ”, उनले भने, “गत वर्षभन्दा यस वर्ष हजार विद्यार्थी बढीले आवेदन दिएका छन्।” पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे।

उनका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब सात हजारको सङ्ख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए।

आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ। सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ।

सदस्य सचिव अधिकारीका अनुसार त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरेको थियो तर तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन्।

आगामी पुस ३ गते हुने समारोहमा ६ हजार ९ सय अभिभावक समेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताए। सहभागी प्रतिअभिभावकका लागि रु ३ सय शुल्क तोकिएको छ। 

त्रिविले स्नातक तहका लागि रु २ हजार २ सय, स्नातकोत्तर तहका लागि रु २ हजार ७ सय र एमफिल र पिएचडी (विद्यावारिधि)का लागि रु ३ हजार २ सय शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि रु १ हजार ५ सय धरौटी तोकिएको छ। 

दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन्। व्यवस्थापन सङ्कायका विद्यार्थी ३ हजार ७ सय २० सहभागी हुने भएका छन्। यस्तै मानविकी सङ्कायका २ हजार १ सय ४४, इञ्जिनीयरिङतर्फ १ हजार १ सय ९०, विज्ञान सङ्कायतर्फ १ हजार १ सय ९, चिकित्सातर्फ ८ सय ८०, शिक्षा सङ्कायमा ७ सय ८३, कानून सङ्कायमा १ सय ८६, कृषितर्फ १ सय ३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन्।

यसैगरी त्रिवि ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी र सदस्यसचिवमा परीक्षा सहनियन्त्रक पशुपति अधिकारी रहेका छन् ।

सम्बन्धित समाचार

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजार विद्यार्थीको आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ। त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा

स्ववियु निर्वाचनको तयारीमा त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग आज

 त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक साउन ५ मा

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ ।  गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा

शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु बन्द हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।  उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा


z