• २०८१ बैशाख १३ बिहीबार

स्पेनिस फुटबलर डेविड भिल्लाले लिए सन्यास

kharibot

काठमाडौँ । स्पेनलाई २०१० को विश्वकप जिताउने डेविड भिल्लाले सबै किसिमको फुटबलबाट सन्यास लिएका छन् ।

हाल जापानी लिगमा भिसेल कोबेबाट खेलिरहेका ३७ बर्षिय भिल्लाले जापानी लिगको यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

१९ बर्षिय फुटबल क्यारियरमा भिल्लाले स्पेनको राष्ट्रिय टिमका अलावा व्यवसायीक फुटबलमा स्पोर्टिंग, भलेन्सिया, बार्सिलोना र एटलेटिको म्याड्रिडबाट फुटबल खेलेका थिए । त्यस्तै भिल्लाले अमेरिकन लिग एमएलएसमा न्युयोर्क सिटीबाट समेत खेलेका थिए ।

भिल्ला पछिल्लो चार सिजन जापानी क्लब कोबेबाट खेलिरहेका छन् ।

भिल्लाले अब अमेरिकन लिगको फ्रेन्चाईजी क्विन्सब्रोमा लगानी गर्ने समेत घोषणा गरेका छन् ।

भिल्लाले स्पेनका लागि कुल ९८ खेल खेल्दै ५९ गोल गरेका छन् । स्पेनलाई सन् २०१० को विश्कवकप जिताउदा भिल्ला महत्वपूर्ण सदस्य थिए । साथै उनी सन् २००८ मा स्पेनले युरो कप जित्दा समेत महत्वपूर्ण सदस्य थिए ।

उनले बार्सिलोनाबाट खेल्दै सन् २०१०-११ को च्याम्पियन्स लिग तथा दुइ ला लिगा उपाधि समेत जितेका थिए । साथै एटलेटिकोबाट सन् २०१३-१४ मा ला लिगा जितेका थिए । भिल्लाले सन् २००८ को युरोकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट समेत जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै