• २०८१ बैशाख ७ शुक्रबार

मानिसको मृत्युको भाविस्यवाणी गर्न सकिने 

kharibot

काठमाडौं । अमेरिकाको न्यु जर्सीमा आर्टिफिसियल इन्टेलिजेन्सबाट बिरामीको मृत्यु कहिले हुने कुरा थाहा पाउन सकिने पत्ता लागेको छ।

कुनैपनि बिरामीको ईसीजी रिपोर्टबाट आर्टिफिसियल इन्टेलिजेन्सको मार्फत बिरामीको मृत्यु एक वर्ष पहिले नै पत्ता लगाउन सकिने अनुसधनकर्ताको दाबि छ। 

पेन्सलभानियाको जिजिंगरको हेल्थ सिस्टमका अनुसंधानकर्ताले करिब दुई मिलियन ई सी जी रिपोर्ट र चार लाख मानिसमा गरिएको अनुसान्धानमा उक्त कुरा पाता लागेको बताएका छन्। 

डिपार्टमेन्ट अफ इमेजिंग साइन्स र इनोभेसनका प्रमुख ब्राण्डन फन वाल्टले मुटु रोगिहरुलाई यो वैज्ञानिक आविस्कारले निकै फाइदा पुर्याउने बताएका छन्।

अनुसान्धनकर्ताले आर्टिफिसियल इन्टेलिजेन्सल मार्फत इसीजी रिपोर्टको अध्यन गर्दा जोखिम अवस्थामा रहेको र असाधारण धड्कन भएको अर्थात् एरिथमिया भएको सजिलै पत्ता लगाउन सकिने जानकारी दिएका छन्। आर्टियल फिब्रिलेसनले धेरैजसो मुटु हान्ने तथा हृदयघात हुने गर्छ।

अनुसन्धान टोलिका प्रमुख शु-श्रब्य रघुनाथको अनुसार, मुटुको अवस्थाको बारेमा सजिलै थाहा पाउन सकिने भएता पनि त्यसपछि कसरी जोखिको सामना गर्ने भन्ने विषय चुनौतिको रुपमा रहेको बताएका छन्। 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै