• २०८१ बैशाख ११ मंगलबार

निकोलस पुरनलाई आइसीसीको चार खेलको प्रतिबन्ध

kharibot

काठमाडौँ । वेस्टइन्डिजका क्रिकेटर निकोलस पुरनलाई आइसीसीले चार खेलको प्रतिबन्ध लगाएको छ ।

हालै अफगानिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा निकोलसले बलमाथि छेडछाड गरेको आरोप लगाउदै आइसीसीले पुरनमाथि चार खेलको प्रतिबन्ध लगाएको छ ।

गत सोमबार सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा पुरनले बलमा स्क्राच गरेर बलको अवस्था बिगार्ने प्रयास गरेको आइसीसीले आरोप लगाएको छ । आइसिसिले आफ्नो कोड अफ कन्डक्टको लेवल ३ अनुसार पुरनलाई कारवाही अग्रेको जनाएको छ । जस अनुसार ४ खेलको प्रतिबन्ध र ५ डिमेरिट अंक पुरनले पाएका छन् ।

पुरनले आफ्नो गल्ति स्वीकार गरेकाले यस विषयमा थप सुनुवाइको आवश्यकता नभएको आइसीसीले जनाएको छ ।

पुरनले आफुले ठुलो गल्ति गरेको बताउदै आफ्ना समर्थकसँग माफी मागेका छन् । साथै उनले गल्ति स्वीकार गर्दै आइसीसीको सजाय समेत स्वीकार गरेको बताएका छन् ।        
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै