• २०८१ बैशाख १३ बिहीबार

आलमको थुनछेक बहस बुधबार पनि सकिएन 

kharibot

रौतहट । मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारपनि सकिएको छैन् । अब बाँकी बहस विहिबार हुने भएको छ । 

रौतहट जिल्ला अदालतका दिपक ढकालको इजलाशमा आलमको पक्षमा वचाउ गर्दै बुधवार पनि चारजना कानुन व्यावसायीले बहस गरेका छन् । वादीको तर्फवाट पूर्व महान्याधीवक्ता युवराज संग्रौलाले बहस गर्दै आलमले १२ बर्ष अगाडि ठूलो अपराध गरेकोले उनलाई थुनामा राखि कारबाही गर्न जरुरी देखिएको बताएका थिए ।

पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले आलमको तर्फबाट बहस गर्दै मिडिया र प्रहरी माथि नै दोष लगाएका छन् । न्यायाधीश ढकालको इजलाशमा बहस गर्दै पूर्व महान्यायाधीवक्ता श्रेष्ठले आलमलाई राजनीतिक प्रतिशोधले फसाउन खोजेको, १२ बर्ष अघि नै घटना नभएकोले यसको कुनै आधार र प्रमाण फेला नपरेकोले तत्कालिन सरकारी वकिल र माहान्यायाधिवक्ताको कार्यालयले खारेज गरेको अवस्थामा यो मुद्दा चल्नु पर्ने कुनै तर्क नरहेको जिकिर गरेका छन् ।

धवार प्रतिवादीको तर्फवाट रौतहट जिल्लाका कानुन व्यावसायी लाल बाबु राय यादव, संजिव मल्लिक, अजय पटेलले बहस गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै