मालारानी गाउँपालिका–३ को वडाध्यक्षमा तीनको उम्मेदवारी

खरीबोट

अर्घाखाँची । मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ । 

नेकपा र नेपाली काङ्ग्रेसले नाराबाजी गर्दै निर्वाचन कार्यालयमा आएर उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरेलगायतका नेताहरुको उपस्थितिमा नेकपाले उम्मेदवारी दर्ता गरेको थियो । 

नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्यहरु तथा प्रतिनिधिसभाका सदस्य मानबहादुर विक, पुष्पा भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला सभापति विष्णु मुस्कानसहितका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरेका थिए । वडाध्यक्षको निर्वाचन भए पनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली काङ्ग्रेसले आफ्नो प्रतिष्ठाको लडाइँसँग जोडेका छन् । 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि वडाध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो ।

नेकपाका उम्मेदवार मालारानी गाउँपालिकाका सदस्य हुन् भने काङ्ग्रेसका उम्मेदवार खनाल स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्ष पदमा ३६ भोटले पराजित भएका थिए ।  
 

सम्बन्धित समाचार

उपनिर्वाचनको समीक्षा गर्दै नेकपा

काठमाडौँ । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही

उपनिर्वाचन २०७६ : कसैले नजितेको, कसैले नहारेको    

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ। मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण

राष्टपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन


z