• २०८१ बैशाख ७ शुक्रबार

मालारानी गाउँपालिका–३ को वडाध्यक्षमा तीनको उम्मेदवारी

kharibot

अर्घाखाँची । मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ । 

नेकपा र नेपाली काङ्ग्रेसले नाराबाजी गर्दै निर्वाचन कार्यालयमा आएर उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरेलगायतका नेताहरुको उपस्थितिमा नेकपाले उम्मेदवारी दर्ता गरेको थियो । 

नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्यहरु तथा प्रतिनिधिसभाका सदस्य मानबहादुर विक, पुष्पा भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला सभापति विष्णु मुस्कानसहितका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरेका थिए । वडाध्यक्षको निर्वाचन भए पनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली काङ्ग्रेसले आफ्नो प्रतिष्ठाको लडाइँसँग जोडेका छन् । 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि वडाध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो ।

नेकपाका उम्मेदवार मालारानी गाउँपालिकाका सदस्य हुन् भने काङ्ग्रेसका उम्मेदवार खनाल स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्ष पदमा ३६ भोटले पराजित भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै