काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी ट्रेड विन्डो बन्द हुनु एक दिन अघि दिल्ली क्यापिटलले आफ्ना तिब्र गतिका न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टलाई बेचेको छ ।
दिल्लीले बोल्टलाई मुम्बई इण्डियन्सलाई बेचेको क्रिकबजले उल्लेख गरेको छ । दिल्लीले २०१८ को अक्सनमा बोल्टलाई २ करोड २० लाखमा किनेको थियो । उनले दिल्लीका लागि २०१८ सिजनमा १४ खेलमा १८ विकेट लिएका थिए तर गत सिजनमा बोल्टको प्रदर्शन खराब भएको थियो । गत सिजनमा उनले केवल ५ विकेट लिएका थिए ।
दिल्लीले यस अघि क्रिंग इलेभेन पंजावबाट भारतीय स्पिनर आर आश्विनलाई किनीसकेको छ । त्यस्तै दिल्लीले शेरफान रुदरफोर्डलाई मुम्बईलाई दिएर मयंक मार्कंडेलाई समेत आफ्नो टिममा समावेश गरेको छ ।
त्यस्तै किंग्स इलेभेन पंजावले अंकित राजपुतलाई राजस्थान रोयल्सलाई बेचेको छ ।
यस सिजनको आइपिएलको खेलाडी ट्रेडिङ विहिबार अन्त्य हुन लागेकाले आइपिएल टिमले सो विहिबार अगाडी सम्म आफुले रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको सुची तय गर व्यस्त रहेका छन् ।
यस बर्षको खेलाडी अक्सन भने आउदो डिसेम्बर १९ मा हुदै छ ।