• २०८१ बैशाख ७ शुक्रबार

मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा समाजवादी पार्टीले काँग्रेसलाई सघाउने

kharibot

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने  उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने भएको छ ।

दुई पार्टीद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकाँका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेकाँका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, नेकाँका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै