चितवनमा पेस्तोलसहित दुई पक्राउ

खरीबोट

चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो । 

बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
 

सम्बन्धित समाचार

विस्फोट गरी फिरौती माग गर्ने गिरोह पक्राउ

कलैया । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने

सात किलो चरेससहित चार पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा

आमाको हत्या गर्ने छोरा पक्राउ

वालिङ । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने

ठगी र ह्याक गरेको अभियोगमा तीन जना पक्राउ 

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट तीन जनालाई


z