• २०८१ बैशाख ८ शनिबार

सारा र कार्तिकको अफ्येर्समा अमृता भिलेन !

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् । गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले जति चर्चामा छिन त्यति नै निजि सम्बन्धका कारण पनि चर्चामा रहेकी छन् ।

अभिनेता कार्तिक आर्यनसँगको अफ्येर्सका कारण अहिले चर्चामा रहेकी सारा फेरी आफ्नी आमाका कारण चर्चामा रहेकी छन् । मिडिया रिपोर्टका अनुसार साराकी आमा अभिनेत्री अमृता सिंह सारा र कार्तिकको सम्बन्धलाई अश्विकार गरेपछि सारा अप्ठ्यारोमा परेको बताइएको छ ।

अमृताले सारा र कार्तिकको अफ्येर्सलाई मन नपराएको बताएपछि पछिल्लो समय सारा कार्तिकसँग अलिकति टाढिएको बताइएको छ । यद्यपी दुवैबीच ब्रेकअप भने भइनसकेको बताइएको छ । अमृताले सारालाई क्यारियरको शुरुमै अफ्येर्समा नपर्न र आफ्नो काममा ध्यान दिन जोड दिएको बताइएको छ । उता सारा भने आफ्नो निजी अफ्येर्स र कामलाई सँगसँगै अगाडी लैजाने मुडमा भएका कारण आमासँग असमझदारी बढेको बताइएको छ ।

सारा र कार्तिकको ब्रेकअपको चर्चाका बीच हालै दुवै करण जोहरको पार्टीमा सँगै देखिएका थिए । हाल सारा र कार्तिकको फिल्म लव आजकलको सिक्वेल फिल्म फेब्रुअरीमा रिलिज हुदै छ । हाल सारा बरुण धवनसँग कुली नम्बर वानको रिमेकमा व्यस्त छिन् भने कार्तिक पति पत्नी और वोमा व्यस्त रहेका छन् ।

सारा र कार्तिक व्यस्त भएका कारण निजी जीवनमा अफ्येर्सबाट टाढा रहेका थिए । तर अहिले आएर अमृता उनीहरुको सम्बन्धबाट खुशी नभएको रिपोर्ट आएपछि उनीहरुको लव एंगल अब के हुन्छ भन्ने विषयमा प्रश्न उठेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै