लागुऔषधसहित एकजना पक्राउ

खरीबोट

परासी । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नं को यात्रुवाहक बसमा सवार चितवन जिल्लाको रामपुर नगरपालिका–१ का १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट डाइजोपाम १५० एम्पुल, फेनारागन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बुधबार पक्राउ परेका तामाङविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।
 

सम्बन्धित समाचार

सात किलो चरेससहित चार पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा

लागुऔषध गाँजासहित भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित

लागुऔषधसहित एकजना पक्राउ

परासी । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नं को यात्रुवाहक बसमा सवार चितवन जिल्लाको रामपुर नगरपालिका–१ का

लागुऔषधसहित एक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले २ लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला


z