• २०८१ बैशाख ६ बिहीबार

पिएसएलको ड्राफ्टका लागि २८ महंगा विदेशी खेलाडी, नेपालबाट सन्दीप मात्र

kharibot

काठमाडौँ । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् ।

पाकिस्तानी क्रिकेट बोर्डले सार्वजनिक गरेको महंगा खेलाडीको सुचीमा सन्दीपको नाम समावेश गरिएको छ ।

सन्दीपको नाम पिएसएलको आगामी संस्करणका लागि प्लाटिनम क्याटेगोरीमा समावेश रहेको छ ।

आगामी डिसेम्बर ६ र ७ मा हुने खेलाडीको ड्राफ्टका लागि ड्राफ्टमा पर्ने महंगा खेलाडीको सुची पाकिस्तानी बोर्डले प्लाटिनम क्याटेगोरीका २८ खेलाडीको सुची सार्वजनिक गरेको हो ।

जसमा अफगानिस्तानबाट मोहमद नावी, राशिद खान र मुजीब उर रहमान, अस्ट्रेलियाबाट डान क्रिस्टियन, बेन कटिंग, क्रिस लियोन, इङल्याण्डबाट मोईन अली, ह्यारी ग्रुने, एलेक्स हल्स, क्रिस जोर्डनम लियाम प्लुङकेट, एदिल रशिद, जासन रोय, नेपालबाट सन्दीप लामिछाने, न्यूजील्याण्डबाट कोलिन म्रुनो, दक्षिण अफ्रिकाबाट हासिम अमला, जेपी डुमनी, कोलिन इन्ग्राम, रिली रोउसोव, डेल स्टेन इमरान ताहिर त्यस्तै श्रीलंकाबाट एन्जोलो म्याथ्युज र थिसारा परेरा वेस्ट इन्डिजबाट कार्लोस ब्रेथवेट, ड्वाने ब्राभो, एविन लेविस, सुनिल नारान  र किरोपोलार्ड रहेका छन् ।             

पिसिबीले प्लाटिनम क्याटेगोरीमा पर्ने खेलाडीले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलरदेखि २ लाख १८ हजार डलर तोकिएको छ । सन्दीप पिएसलको ड्राफ्टमा छानिएमा अहिलेसम्मकै धेरै कमाई गर्ने छन् ।  

सन्दीप इंग्ल्यान्डमा अर्को बर्ष हुने द हन्ड्रेड बल प्रतियोगितामा गत महिना एक लाख पाउण्डमा अनुबन्ध भएका छन्  ।

सन्दीपले आफ्नो एजेन्टमार्फत पिसिएलको आगामी सिजनका लागि ड्राफ्टमा नाम पठाएका हुन् ।

पिसिबीले बुधबार सार्वजनिक गरेको प्लेटिनम क्याटेगोरीको विदेशी खेलाडीको सूचीमा नेपालबाट सन्दीपको मात्रै नाम समावेश छ । 

पिएसएलको आगामी सिजनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले थप पाँच नेपाली खेलाडीको नाम पनि सिफारिस गरेको छ ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँगको समन्वयमा विनोद भण्डारी, करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी र मोहम्मद आरिफ सेखको नाम पिसिएलको खेलाडी ड्राफ्टमा समावेश गर्न सिफारिस गरेको हो । उनीहरूको नाम ड्राफ्टमा समावेश भए–नभएबारे भने पिसिबीले सार्वजनिक गरिसकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै