• २०८१ बैशाख १३ बिहीबार

सुनको मूल्य उकालो लाग्दै

kharibot

काठमाडौं । साताको पाँचौ दिन विहिबार सुनको मुल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ६ सय ले बढेको छ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ७२ हजार पुगेको छ।

यस अघि सोमबार छापावाल सुनको मुल्य ७१ हजार ४ सय रहेको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु १० ले बढेर आज प्रतितोला ८ सय ६० मा कारोवार भैरहेको महासंघले जनाएको छ। 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै