गाँजासहित एक युवक पक्राउ

खरीबोट

पर्सा । नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो।

रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।

उनले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताए।

मकवानपुरबाट जिल्ला भित्र्याइएको गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको प्रहरीले जनाएको छ।
 

सम्बन्धित समाचार

लागुऔषध गाँजासहित भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित

चितवनमा प्रहरी शिविर खडा गरेर गाँजा फँडानी

भरतपुर । चितवनको पहाडी क्षेत्रमा ठूलो परिमाणमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले चार दिनसम्म सो क्षेत्रमा शिविर खडा गरेर गाँजा खेती नष्ट गरेको हो । पूर्वपश्चिम राजमार्गबाट

गाँजासहित एक युवक पक्राउ

पर्सा । नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही

५ दिन लगाएर गाँजा खेती नष्ट

चितवन । राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र यस मातहतका एकाइले ५ दिन लगाएर राप्तीका २ वटा वडामा


z