• २०८१ बैशाख ८ शनिबार

फेसबुकले हटायो तीन सय करोड फेक अकाउन्ट

kharibot

काठमाडौँ । फेसबुकले आफ्नो प्रयोगकर्ताको तीन सय करोड फेक अकाउन्ट हटाएको छ । अप्रिल देखि सेप्टेम्बरसम्म पछिल्लो छ महिनाको अवधिमा खोलिएको लगभग तीन सय करोड अकाउन्ट फेक भएको कारण फेसबुकले सो खाताहरु खारेज गरेको हो । 

सामाजिक संजालको प्लेटफर्ममा एक्टिभ हुनुपुर्व नै फेक अकाउन्ट पत्ता लागेको र तिनीहरुलाई हटाउन सकिएको फेसबुकले बताएको छ । कम्पनिको रिपोर्ट अनुसार अश्लील पोष्ट, बालबालिकाको नग्न पोष्ट भएको अकाउन्ट र लैंगिक हिंशाको रिपोर्टमा परेका करिब १९ मिलियन अकाउन्टहरु पनि फेसबुकले हटाएको छ । 

लगातार चेकजाँच र डिटेक्सनबाट उक्त सूचना पत्ता लागेको र तुरुन्तै एक्सन लिएको फेसबुकले बताएको छ । 

फेसबुकले पछिल्लो रिपोर्टमा अलकाइदा तथा आईएसआईएस सम्बन्धित सूचना मात्र बाहिर ल्याएको थियो तर अहिलेको रिपोर्टमा भने ती संगठन सम्बन्धित डाटा फेसबुकमा कम रेहको तर आईएस आईएससंग कुनै सम्बन्ध नरहेको मानिसहरुले बढी आतंकबादको प्रोपागाण्डा पोष्ट गरेको खुलासा गरेको छ । 

कम्पनीले तत्काल १२ मिलियन घृणायुक्त टिप्पणी र पछिल्लो छ महिनामा करिब आठ मिलियन हेट स्पीच हटाएको जानकारी दिएको छ । फेसबुक मात्र नभई इन्स्टाग्रामबाट पनि करिब एक मिलियन भन्दाबढी अकाउन्ट रद्ध गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै