यातायातका अधिकृतसहित पाँच जना घुससहित पक्राउ 

खरीबोट

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारेको छ ।

अख्तियारले यातायातको मोटरसाइकल काठमाडौंका शाखा अधिकृतलाई मोटरसाइकल पास गर्दा सहज गरिदिने भन्दै ३ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

साथै अख्तियारले घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट बुधबार यन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित समाचार

भक्तपुर मालपोतका नासु र कार्यालय सहयोगी घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वासहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज

अख्तियारको निष्कर्ष : स्थानीय सरकारमा आर्थिक दुरुपयोग बढ्यो

काठमाडौँ । स्थानीय तहमा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा योजना कार्यान्वयनका लागि कानूनले तोकेको आवश्यक प्रक्रिया पूरा नगरी  रकम भुक्तानी गर्ने प्रवृत्ति बढेको पाइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

प्रहरीलाई घुस दिन खोजेको आरोपमा होटल सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कर्मचारीलाई घुस दिने खोजेको अभियोग लागेका एक होटल सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । टोखा नगरपालिका–५ मा रहेको आगमन फुडल्यान्ड एन्ड गेस्ट

शहरी विकासका इन्जिनियर २ लाख ५० हजार घुससहित पक्राउ

धनगढी । शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाईका धनगढीका इन्जिनियर घुस सहित पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी २


z