• २०८१ बैशाख ७ शुक्रबार

यातायातका अधिकृतसहित पाँच जना घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारेको छ ।

अख्तियारले यातायातको मोटरसाइकल काठमाडौंका शाखा अधिकृतलाई मोटरसाइकल पास गर्दा सहज गरिदिने भन्दै ३ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

साथै अख्तियारले घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट बुधबार यन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै