• २०८१ बैशाख ८ शनिबार

७७ जिल्लामा तोकियो युवा सङ्घको संयोजक र सहसंयोजक

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ।

सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए। 

उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन्। पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन हो। 

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ। सङ्घको ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ। बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको सङ्घका संयोजक सापकोटाले जानकारी दिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै