मोदी र पुटिनद्धारा भारत—रुस सम्वन्धको समिक्षा

खरीबोट

ब्राजिलिया । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ।

उनीहरुको बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ। ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो। 

उनीहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। 

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भने, “राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो। हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,” उनले थपे। 

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गरेको बताइएको छ।
  
दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल पुगेका हुन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन्। 

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ। 
त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गरेका थिए। 

सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो लगायतका शिर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

तल्लो मोदी १ का कर्मचारी आन्दोलित

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् ।  यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै

महाराष्ट्रमा अर्को युटर्न : चार दिनमै मुख्यमन्त्रीले दिए राजीनामा

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा फेरी नयाँ राजनीतिक समीकरण बन्ने भएको छ । गत शनिबार बिहान मुख्यमन्त्रीको शपथ लिएका भारतीय जनता पार्टीका नेता देवेन्द्र फण्डनविसले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।  फण्डनवीसले

भारतीय प्रधानमन्त्रीद्धारा युएइका राष्ट्रपतिलाई समवेदना व्यक्त

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गरेका हुन्। युएइको राजनीतिक

मोदी र पुटिनद्धारा भारत—रुस सम्वन्धको समिक्षा

ब्राजिलिया । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ। उनीहरुको बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद


z