बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन : कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ 

खरीबोट

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ ।

समाजवादीको संघीय बैठक आज बिहीबार १२ बजे प्रज्ञा भवनमा सुरु भएको हो । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको यो पहिलो संघीय परिषद बैठक हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले पेश गरेको २५ पृष्ठ लामो दस्तावेजमा समाजवादी पार्टी निर्माण गर्नुको उद्देश्य, समकालीन विश्व राजनीति र वैचारिक संकटबारे चर्चा गरिएको छ । त्यस्तै नेपालको राष्ट्रिय परिस्थितिको गहन विश्लेषण, उत्पीडित राष्ट्रियताको मुक्ति र संघीयताको महत्वबारे उल्लेख छ ।

सुशासन, समृद्धि, पहिचान र संघीयताबारे समेत दस्तावेजमा उल्लेख गरिएको छ । मुलुकलाई लोकतान्त्रीकरण र संघीयकरण नगरी विकास र सुशासन कायम गर्न नसकिने समाजवादी पार्टीको निष्कर्ष छ ।

‘अधुरो लोकतान्त्रीकरण र संघीयकरणको प्रक्रियालाई पूरा नगरिकन साँचो अर्थमा ‘विकास, सुशासन र समृद्धि’ को यात्रा प्रारम्भ हुन असंभव हुन्छ’, दस्तावेजमा भनिएको छ, ‘देशमा दिगो शान्ति र स्थायित्व हासिल नगरी विकास सुशासन र समृद्धि सम्भव भएको उदाहरण संसारमा कहीं पनि छैन ।’

त्यस्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष कांग्रेसलाई ‘वैचारिक दृष्टिकोणले उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेको छ । तर नेपालको कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ बन्न पुगेको भनेर दस्तावेजमा लेखिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र व्यापक वैचारिक अन्यौलता भएको भन्दै दस्तावेजमा लेखिएको छ- ‘पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ । एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ ।’

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) सँग आफ्ना केही एजेण्डा मिल्ने समेत जनाएको छ । ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल हो’, दस्तावेजमा भनिएको छ,  ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्….. र पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ ।’

संघीय परिषदको बैठक आजै सम्पन्न हुदै छ भने शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बस्ने जनाइएको छ ।

बैठकले पार्टीमा सरकारको सहभागिता लगायत समाजवादी पार्टी र राजपाबीच पार्टी एकताबारेमा निर्णय लिने बताइएको छ ।

डा. भट्टराईको राजनीतिक प्रतिवेदन  :


 

सम्बन्धित समाचार

कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास भइरहेको छ – उपप्रधानमन्त्री पोखरेल 

विराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा

वैकल्पिक राजनीति फेरी अस्वीकृत, अब के हुन्छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास उपनिर्वाचनमा पनि आफ्नो असफल भएको छ । निर्वाचन अगाडी कास्की-२ को प्रतिनिधि सभामा जित्ने दाबि गरेका साझा पार्टी र विवेकशील नेपाली दललाई कास्कीसहित

अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन्।  “म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा

सत्ताको मोहमा समाजवादी : राजनीतिक संदेश दिन असफल    

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सकस बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयबाट हटाएर कानुन मन्त्रालयमा सरुवा गरेपछि यादव अप्ठ्यारोमा परेका हुन् । सबैले


z