• २०८१ बैशाख १२ बुधबार

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

kharibot

फाइल तस्बीर

काठमाडौँ । संघीय संसद, अर्थ समितिको बैठक कोरम नपुगेपछि बिहीबार पनि स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ ।

समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो ।

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै