• २०८१ बैशाख ७ शुक्रबार

ज्योति परिवारविरुद्धको जाहेरी फिर्ता लिन निवेदन 

kharibot

काठमाडौँ । ज्योति परिवारविरुद्ध ठगेको जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता गर्न माग गर्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् ।

मल्लको जाहेरी फिर्ता गरिपाउँ भन्ने निवेदन परेको सरकारी वकिलको कार्यालय, काठमाडौँले जनाएको छ ।

जाहेरी दिनेले नै जाहेरी फिर्ता लिने निर्णय लिने निवेदन दिएपछि अब सरकारी वकिलको कार्यालयले यस बारेमा नयाँ निर्णय गर्ने बताइएको छ । जाहेरी फिर्ता गर्ने निर्णय भएमा रूप ज्योतिविरूद्ध मुद्दा चल्दैन भने नभएमा प्रहरीले बुझाएको प्रतिवेदन अनुसार नै मुद्दा चल्ने र नचल्ने निर्णय हुने छ ।

प्रहरीले रूप ज्योतिमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको छ । घटनाले ठुलो रुप लिएपछि अब बाहिर सेटलमेन्ट गर्ने प्रयास भएको बताइएको छ ।

हाउजिङ कारोबारमा रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो । त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो ।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै ठगि मुद्दा दायर गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै