मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्रि प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १३३ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादूर गुरुङ्गले बताए ।
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ अभियान सञ्चालन  

काठमाडौँ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको

मुक्तिनाथको संस्थागत र व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण

दाङमा मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम 

काठमाडौ । मुक्तिनाथ विकास बैंकले यही कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ । व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट


z