• २०८१ बैशाख ६ बिहीबार

जुम्लाको चन्दननाथ नगरपालिकामा १६ लाख राजश्व सङ्कलन

kharibot

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ।

नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए।

कृषि समूह नवीकरणबाट दुई हजार ५ सय, फ्रेस हाउस नवीकरणबाट ५ सय, अन्य दस्तुरमा सात लाख ५९ हजार २ सय, पार्किङ महसुलतर्फ १७ हजार २ सय ५०, मूल्याङ्कन दस्तुरमा ३ सय ७०, सिफारिस दस्तुर तीन हजार ८ सय, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ रु एक लाख ७६ हजार, घर करमा रु दुई लाख ७३ हजार ५ सय राजश्व सङ्कलन भएको छ।

घर बहाल कर ८३ हजार ४ सय ३, संस्था नवीकरण ३७ हजार ५ सय, टहरा भाडा ११ हजार ६ सय २४, डोजरबाट ५६ हजार ४ सय ४९, जग्गाको मालपोत रु एक लाख ४० हजार ४ सय ९९, बिक्री कर चार हजार ३ सय, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट रु ९७ हजार ६ सय ७५ राजश्व उठेको छ। आर्थिक वर्ष २०७५/०७६ मा रु ५४ लाख ९७ हजार राजश्व सङ्कलन भएको भण्डारीले बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै