• २०८१ बैशाख १३ बिहीबार

मुक्त टुँडिखेल अभियान : ऐतिहासिक खरीको बोट पुन:स्थापना गरिने 

kharibot

काठमाडौँ । अतिक्रमणमा परको टुँडिखेललाई पहिलाको स्वरुपमा ल्याउन टुँडिखेल बचाऊ अभियान अन्तर्गत खरीको बोट रोप्ने तयारी गरिएको छ । 

कात्तिक ३० गते शनिवार बिहान ८ बजे टुँडिखेलमा खरीको बोटको पुनःस्थापना गर्ने कार्यक्रम आयोजाना गरिएको अक्युपाई टुँडिखेल अभियानका आयोजकले जानकारी दिएका छन् । कार्तिक २३ बाट सुरुवात गरिएको विरोध कार्यक्रममा घोषण गरे अनुसार तीन महिनासम्म हरेक शनिवार जनचेतनामुलक कार्यक्रम संचालन हुन लागेको हो । 

ऐतिहासिक परिवर्तनको साक्षीको रुपमा रेहको टुँडिखेलको खरीको बोट फेरी रोपिने भएको छ । सन् १९२४ मा सोहि खरीको रुखबाट चन्द्र शमशेरले दासत्वको उन्मुलन भएको घोषणा गरेका थिए । टुँडिखेलको बिचमा खरीको बोट थियो, त्यही रुखमुनि राजा त्रिभुवनले २००७ साल फाल्गुन सात गते राणा शासनको अन्त्य र प्रजातन्त्रको घोषणा गरेको थिए र जसलाई चकला सिमा भनिन्थ्यो त्यो कहिले काटियो कसैलाई थाहा छैन । तर अब अक्युपाई टुँडिखेल अभियान्ताले एतिहासिक खरीको बोट पुन जीवन्त बनाउने भएका छन् ।    

अत्याचार र अन्यायमा रहेको जनताले आफ्नो शहनशिलता तोडी विभिन्न परिवर्तन गरेको स्थलको रुपमा रहेको टुँडिखेलको साक्षी खरीको बोट परिवर्तन संगै बिलाएको अवास्थामा छ ।

शनिवार विश्व सहनशिलता दिवसमा खरीको बोट रोप्न लागिएको अभ्यान्ताहरुले जानकारी दिएका छन् । कार्यक्रममा जनाप्रतिनिधिबाट टुँडिखेल अनुगमन गरि त्यहाँको यथार्थ अवस्था बारे सर्वेक्षण गर्ने योजना रहेको छ । 

गत शनिवार आक्युपाई टुँडिखेल विरोध कार्यक्रममा मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै