• २०८१ बैशाख १२ बुधबार

ट्याक्टरको ठक्करबाट बारामा एकको मृत्यु

kharibot

बारा । ट्रयक्टरले ठक्कर दिदा बारामा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनमा परि कलैया उपमहानगरपालि वडा नं.३ भवानिपुर बस्ने बिनोद साहको मृत्यु भएको हो ।

बिरगंजबाट कलैया तर्फ जाँदै गरेको ना.७.त.२६६ नम्बरको ट्याक्टरले मोतिसर कोईरियाटोला चोकमा साह चलाउँदै गरेको ना.३.प.५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट साहको घटना स्थल मैं मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार छन् । उनको खोजी कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै