• २०८१ बैशाख ७ शुक्रबार

मोन्टेनेग्रोलाई पराजित गर्दै इङल्याण्ड युरोकपमा छनौट 

kharibot

काठमाडौँ । इङल्याण्डले मोन्टेनेग्रोलाई पराजित गर्दै २०२० को युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले मोन्टेनेग्रोलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

इङल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै ओक्सलेड च्याम्बलेन, मार्कोस रशफोर्ड, टामी अब्राहीम र अलेक्सनडर सोफ्रानाकले एक एक गोल गरेका थिए ।

यो जितसँगै इङल्याण्ड युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । इङल्याण्डले आफ्नो एक हजारौ खेलमा जित हासिल गरेको छ ।

इङल्याण्डको समुह ए मा ७ खेलमा १९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै मोन्टेनेग्रोको ८ खेलमा ३ अंक हासिल गरेको छ । यस समुहमा चेक रिपब्लिकको ७ खेलमा १५ र कोसोभोको ७ खेलमा ११ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै