• २०८१ बैशाख ६ बिहीबार

पोखरा भलामका मतदाता भन्छन् - बाँदरको समस्या समाधान गर्नेलाई भोट

kharibot

पोखरा । पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसद्वारा आयोजित घरदैलोका क्रममा स्थानयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए ।

भलाम र डाँडाखोरका झण्डै ३०० घरमा घरदैलो गरेका काङ्गेस उम्मेदवार खेमराज पौडेलले धान काट्दै गरेका कृषकसँग पनि भेट गरी मत मागेका थिए । धान थन्क्याउने चटारोका कारण काममा नै व्यस्त देखिएका भलाम खोर र शेराखेतका कृषकले बाँदरको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

आफूहरूले बाँदरको समस्या धेरै ठाउँमा सुनाए पनि समाधानका लागि कसैले पहल नगरेको उनीहरुको गुनासो थियो । 

काँग्रेसको दोस्रो चरणको कार्यक्रमअन्तर्गत पोखरा–२० भलाममा घरदैलो कार्यक्रम गरेको कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए । 

पार्टीले पोखरा महानगरपालिकाका वडा नं ७, ९, ११, १६, ३३ लगायतका वडामा निर्वाचन लक्षित कार्यक्रम गरिरहेको उनले बताए । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै