• २०८१ बैशाख १४ शुक्रबार

सागका लागि पुरुष र महिला क्रिकेट टिमको घोषणा, को को परे ?

kharibot

फाइल तस्बीर

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बिहीबार पुरुष र महिला क्रिकेट टोलीको नाम सर्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुषतर्फ ज्ञानेन्द्र मल्ल र महिलातर्फ रुबिना क्षेत्री वेलबासेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

पुरुषतर्फ यसअघि प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट क्यानले बिहीबार १५ सदस्यीय खेलाडीको नाम सर्वाजनिक गरेको हो ।

पुरुष क्रिकेटमा ५ टोलीले प्रतिस्पर्धा गर्दै छन्। नेपालसहित श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । पुरुष क्रिकेट स्पर्धा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुनेछ ।

नेपाली टोलीमा रासिद खानले राष्ट्रिय टोलीमा स्थान बनाउँदा अनुभवी अलराउन्डर शरद भेषावकर र स्पिनर वसन्त रेग्मी टोलीमा अटाएनन् । यस्तै युवा खेलाडी रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल वैकल्पिक खेलाडीमा परेका छन् । नेपाल हाल भारतमा इमर्जिङ कपमा व्यस्त छ ।

यस्तै सागकै लागि नेपाली महिला टोलीको पनि नाम बिहीबार सार्वजनिक गरिएको छ । सागमा भारत र पाकिस्तानले सहभागिता जनाउने छैनन् ।

आयोजक नेपालसहित भुटान, बंगलादेश, मल्दिभ्स र श्रीलंका गरी पाँच टोलीले सहभागिता जनाउनेछन् । साग प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय क्रिकेट टोलीको घोषणा गरेको हो। यस्तै तीन वैकल्पिक खेलाडीसमेत छनोट गरिएको छ । 

महिलातर्फको स्पर्धा भने पोखरामा हुनेछ। १३औं साग मंसिर १५ देखि २४ गतेसम्म जम्मा १० दिन काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ ।

नेपाली राष्ट्रिय पुरुष टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, कुशल भुर्तेल, रासिद खान ।

वैकल्पिक खेलाडी :

रोहितकुमार पौडेल, भीम सार्की, सागर ढकाल ।

नेपाली महिला टोली :

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर ।

वैकल्पिक खेलाडी :

ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्य  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै