• २०८१ बैशाख ६ बिहीबार

मिटू आरोप बारे बोले अनु मलिक–मेरो क्यारियर कलंकित भयो

kharibot

काठमाडौँ । मिटूको आरोप लागेका बलिवुड गायक अनु मलिकले अन्तत: आफ्नो मुख खोलेका छन् । २०१८ मा दुई गायिकाले मालिकलाई मिटूको आरोप लगाएपछि संगीतकार तथा गायक मलिकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक संजालमा एक खुला पत्र लेख्दै मलिकले आफ्नो यस उमेरमा आफुले यस्तो सोच्नसमेत नसक्ने बताउदै आफूमाथि लागेको आरोप झुठा भएको बताएका छन् ।

मलिकले पत्रमा आफूमाथि लगाएको आरोपले आफु र आफ्नो परिवार तनावमा रहेको बताउदै एकबर्षसम्म सत्य बाहिर आउला भन्ने आशमा आफु चुप बसेको विषयलाई आफ्नो कमजोरीको रुपमा लिइएको बताए ।

मिटूको आरोपले आफ्नो परिवारको प्रतिष्ठामा आँच आएको भन्दै मलिकले यस आरोपले आफ्नो क्यारियरलाई कलंकित बनाएको समेत बताएका छन् । उनले भनेका छन्,'ममाथि जुन आरोप लगाइयो, यसले केवल मेरो प्रतिष्ठालाई मात्र प्रभावित गरेन, म र मेरो परिवारलाई मानसिकरुपमा असर गर्यो । यसले मेरो क्यारियरलाई कलंकित बनायो । म आफुलाई असाहय महसुस गरेको छु । मलाई घुटन महसुस भैरहेको छ । मेरो जीवनको यो उमेरमा यो स्तरमा अपमानजनक घटनासँग मेरो नाम जोडिएको छ ।'

मलिकले आफु दुई छोरीको पिता भएको बताउदै यस्तो गर्ने सोच्न समेत नसक्ने बताएका छन् । सामाजिक संजालमा चलेको बहसलाई समेत मलिकले कहिल्लै नसकिने र कसैले नजित्ने बहस भनेका छन् । 

मलिकले आफूमाथि अझै यस्तो आरोप लगाएमा आफ्नो अगाडी अदालत जानुको विकल्प नरहेको बताउदै यस प्रकरणमा आफुलाई साथ दिने शुभचिन्तक र परिवारलाई आभार व्यक्त गर्दै आफ्नो परिवारले अझै कति बदनामी झेल्नुपर्ने हो आफुलाई थाहा नभएको बताएका छन् ।

सन् २०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र सोना महापात्राले यौन शोषणको आरोप लगाएका थिए । श्वेताले आफु १५ बर्षको हुदा मलिकले कामको बदलामा आफुलाई किस दिन भनेको भन्दै मलिकमाथि मिटूको आरोप लगाएकी थिइन् । सो आरोपपछि मलिकलाई गत बर्षको रियालिटी शो इण्डियन आइडलबाट बिचमै हटाइएको थियो ।

यसबर्ष मलिक इण्डियन आइडलको जजको रुपमा फेरी आएका छन् भने सामाजिक संजाल र मिडियामा मलिकमाथि लागेको मिटूको आरोपको चर्चा भइरहेको छ ।                        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै