काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय ले घटेको छ।
महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७१ हजार ८ भएको छ।
यस अघि विहिबार छापावाल सुनको मुल्य ७२ हजार रहेको थियो।
त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु ५ ले घटेर आज प्रतितोला ८ सय ५५ मा कारोवार भैरहेको महासंघले जनाएको छ।