• २०८१ बैशाख ८ शनिबार

९ बर्षिय प्रतिभावान बालकले हासिल गरे इलेक्ट्रिकल इन्जियरको डिग्री

kharibot

काठमाडौँ । बेल्जियमका एक ९ बर्षिय बालकले विश्वविद्यालयबाट स्नातक तहको डिग्री हासिल गरेर सबैलाई चकित पारेका छन् ।

लौरेन्ट साइमन्सले बेल्जियमको इन्ढोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह पास गर्ने क्रममा रहेका छन् ।

सिएनएनका अनुसार साइमन्सले यहि डिसेम्बरमा इन्जिनियरिङको कोर्स सक्न लागेका हुन् ।  उनका माता पिता लिडिया र एलेक्जेन्डर साइमन्सले लौरेन्टले इन्जिनियरिङमा पीएचडी गर्ने सोचाइ बनाएको र उनले मेडिकल विषयको समेत अध्ययन गर्ने बताएका छन् ।

उनकी आमा लिडियाले विश्वविधालयका लेक्चरहरुले लौरेन्टमा केहि विशेष भएको बताएकी छन् । लौरेन्ट डाक्टर परिवारबाट आएपनि उनीमा छिटो सिक्न सक्ने अद्भुत क्षमता कसरी आयो भन्ने बारेमा भन्न नसक्ने बताएका छन् ।

विश्वविधालयले लौरेन्टको क्षमता देखेर अन्य विद्यार्थीहरुलाई भन्दा छिटो स्नातक कोर्स सक्न अनुमति दिएको बताएको छ । विश्वविद्यालयले विशेष विद्यार्थीका लागि सोहि अनुसारको कोर्स डिजाइन गर्नु स्वाभाविक रहेको बताउदै लौरेन्टमा विशेष क्षमता रहेको बताएको छ ।

उनका पिता एलेक्जेन्डरले लौरेन्ट प्रतिभावान भएपनि उसलाई परिवारका तर्फबाट कुनै दबाब नदिएको बताएका छन् । आफुहरुलाई उसको बालापन र क्षमतामा सन्तुलन मिलाउने चुनौती रहेको उनका पिताले बताएका छन् ।

लौरेन्टले आर्टिफिसियल ओर्गानको विकास गर्न चाहेको उनको परिवारले बताएको छ ।                   
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै