• २०८१ बैशाख १३ बिहीबार

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

kharibot

विराटनगर । मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्पबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंकका तर्फबाट प्रदेश नम्बर १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् ।

कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उपचार सेवामा सहयोगीको भुमिका निर्वाह गर्न पाउँदा प्रभु बैंकले सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । 

समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउन सर्वदा प्रयासरत रहने प्रण समेत गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै