• २०८१ बैशाख ८ शनिबार

मिस वर्ल्ड मानुषीको यशराज ब्यानरबाट बलिवुडमा डेभ्यु हुने

kharibot

मुम्बई । बलिवुडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले घोषणा गरेको ऐतिहासिक फिल्म 'पृथ्वीराज' मा अक्षयकुमारको अपोजिटमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले डेभ्यु गर्ने भएकी छन् ।

यस अघि यशराजले चर्चित हिन्दु राजा पृथ्वीराज चौहानको जीवनीमा अहिलेका बलिवुडका चर्चित अभिनेता अक्षयकुमारलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो ।

यशराज फिल्म्सले फिल्ममा मानुषीले संयोगिताको भूमिका निभाउने जानकारी दिएको छ । योसँगै लामो समयदेखि बलिवुड डेभ्युको पर्खाइमा रहेकी मानुषीको बलिवुड डेभ्युको समय आएको छ ।

भारतीय इतिहासमा पृथ्वीराज चौहान र संयोगिताको अमर प्रेमकथालाई पर्दामा अक्षयकुमार र मानुषीको जोडीलाई पर्दामा देखिने भएको छ ।

मानुषीले आफ्नो भूमिकालाई पर्दामा प्रभावकारी रुपमा देखाउन आवश्यक तयारी समेत शुरु गरेको बताइएको छ । फिल्म निर्देशक चन्द्रप्रकाश द्विवेदीले यस भूमिकाका लागि कैयौ नयाँ अनुहारको अडिशन लिएको भएपनि संयोगिताको सुन्दरता र आत्मविश्वासलाई न्याय गर्न मानुषीलाई लिएको बताएका छन् ।         

यश राज फिल्म्सले आफ्नो स्थापनाको ५०औ बर्षलाई भव्य बनाउन पृथ्वीराज फिल्मको घोषणा गरेको थियो । सन् १९७० मा स्थापना भएको यशराज फिल्म्स आउदो बर्ष ५० बर्ष पुरा गर्दै छ । यशराज चोपडाले यशराज फिल्म्सको स्थापना गर्दै राजेश खन्ना, शर्मिला टेगोर र राखीलाई लिएर फिल्म दाग बनाएका थिए । १९७० मा घोषणा गरेर १९७३ मा यो फिल्म रिलिज गरिएको थियो ।

यशराज फिल्म्सले सन् २०२० लाई आफ्नो स्वर्ण जयन्ती भव्यरुपमा मनाउने तयारी स्वरूप फिल्म पृथ्वीराजको घोषणा गरेको हो ।

यस फिल्मलाई ऐतिहासिक धारावाहिक चाणक्य निर्देशन गरेका निर्देशक द्विवेदीले निर्देशन गर्दै छन् । यो फिल्म २०२० को दिपावलीमा रिलिज हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै