• २०८१ बैशाख ७ शुक्रबार

गाजामा भएको युद्ध रोक्ने संयुक्त राष्ट्रसंघको प्रयास

kharibot

संयुक्त राष्ट्रसंघ । इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा,  प्यालेस्टाइन र इजरायलबीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । 

युद्धको परिस्थिति अति नै खतरा भएको, इजिप्ट र संयुक्त राष्ट्रसंघले हिंसा बढ्न नदिन कडा मेहनत गरेको मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रका विशेष संयोजक निकोलाए म्लाडेनोभलाई उद्धृत राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले जानकारी दिएका छन् । 

आगामी घण्टा र दिनहरु अत्यन्त चुनौतिपूर्ण हुने र रक्तपात रोक्नको लागि सबैले अधिकतम संयम देखाउनु पर्ने म्लाडेनोभले बताएका छन् । मध्यपूर्वलाई अधिक युद्धको आवश्यकता नभएको पनि उनले बताएका छन् । 

गत मंगलबार पूर्वी गाजातर्फबाट इजरायलमा झन्डै १ सय ९० वटा रकेट प्रहार गरिएको थियो । इजरायलले इस्लामिक जिहादका वरिष्ठ कमाण्डर बाहा अबू अल आत्ताको घरमा आक्रमण गरी मारेपछि गाजातर्फबाट रकेट आक्रमण भएको थियो । 

इजरायलले सन् १९४८ मा प्यालेस्टाइनको क्षेत्र कब्जा गरेयता करिब ७० वर्ष अघिबाट नै प्यालेस्टाइन द्वन्द्व शुरु भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै