• २०८१ बैशाख ८ शनिबार

आलमलाई थुनामा राख्ने आदेश, सांसद पद निलम्बन

kharibot

काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले थुनामा राख्ने आदेश दिएको छ ।

एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो । जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जनाभन्दा बढी वकिलले बहस गरेका थिए ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरेको थियो । पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो ।

रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि रहेका आलमको सांसद पद अब स्वत: निलम्बनमा परेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै