• २०८१ बैशाख ७ शुक्रबार

दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित १२ खेलाडी रिटेन   

kharibot

काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले नेपाल इलेग स्पिनर सन्दीप लामिछानेसहित १२ खेलाडीलाई आउदो सिजनको लागी रिटेन गरेको छ ।

दिल्लीले ब्याट्सम्यान श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान  रिषव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको जानकारी दिएको छ ।

त्यस्तै बलरतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।

त्यस्तै दिल्लीले हालै ट्रेडिङमार्फत बह्रतीय स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई समेत भित्र्याएको छ ।

दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपिएलको आउदो सिजनको खेलाडी अक्सनमा थप खेलाडी किन्ने छ ।
           
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै